• २०८२ असार १५ आइतबार
  • Sunday, 29 June, 2025

पोखरेलको चेतावनीः ‘पार्टी भित्रका द्धन्द विस्फोट हुनसक्छ’ 

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले पार्टी भित्रका द्धन्दको विधिसम्मत् समाधान नगरिएमा विस्फोट हुनसक्ने चेतावनी दिएका छन् । 

पार्टी भित्रको सीमारेखा नभत्काइकन पार्टीको विधान अधिवेशनसँग जोडिएका विषयमा बोल्न पाउनुपर्ने बताए । बोल्ने बेला नै यही भएकाले बोल्न पाउनुपर्ने, बोल्नेको मुख थुन्न नहुने उनको भनाई छ ।

एमालेका तत्कालिन महासचिव मदन भण्डारीको ७४औं जन्मजयन्तीका अवसारमा मदन भण्डारी फाउण्डेशनले आज राष्ट्रिय सभा गृहमा गरेको कार्यक्रममा उनले यस्तो चेतावनी दिएका छन् । 

कार्यक्रमको प्रमुख अतिथि अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली थिए । विशिष्ट अथिति पूर्व राष्ट्रपति विद्या भण्डारी थिइन् ।

ओली आफ्नो भाषण सकेर उठेर हिडिसकेका थिए । तर भण्डारी मञ्चमा बसेर सुनिरहेका बेला पोखरेलले पार्टी जिवनको लोतान्त्रिकरण अहिले हराएर गएको स्मरण गर्दै यसलाई तलमाथि पार्न नमिल्ने बताए । 

'कम्युनिस्ट पार्टीभित्र नेतृत्व अनिर्वाचित हुने,सत्ता हस्तान्तरण नगर्ने प्रवृति हटाउन जबजको सिद्धान्तको प्रयोग गर्नुपर्छ । पार्टीभित्रको द्धन्द्धलाई विधिसम्मत प्रकट हुन दिइएन भने विष्फोट हुन्छ । राजनीतिमा विधिसम्मत प्रकट हुन नपाए विद्रोह हुन्छ,विग्रह पैदा गर्छ । त्यस्तो अवस्थामा विग्रह विद्रोह गर्नेलाई मात्र दोष दिएर पुग्दैन । हाम्रा कार्यशैलीमा कहाँ कमजोरी छन् भन्ने विश्लेषण गर्नुपर्छ । अशन्तुष्टि निश्चित विन्दूमा पुगेपछि विष्फोट हुन्छ' पोखरेलले  बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले थपे, ‘विचारका धेरै पक्षहरू कमजोर बने, त्यसपछि हामी के भयौँ भयौँ भन्ने स्थिति छ । त्यो एकता टुटेपछि एमाले नयाँ ढङ्गले अघि बढ्यो । पुनर्जीवन प्राप्त गरेपछि १० औँ महाधिवेशनमा घनीभूत छलफल भयो । विधान, सङ्गठनात्मक र राजनीतिक प्रस्ताव पारित भयो । तीन दशकदेखिको छलफल बहस र अनुभवहरू समेटिएर निकालिएको निष्कर्ष छ ।’

कार्यक्रममा पोखरेलले भने, ‘विधिसम्मत ढंगले प्रकट हुन दिइएन भने विश्फोट हुन्छ, विद्रोह हुन्छ । पार्टी भित्र द्वन्दको समाधान विधिसम्मत ढंगले गरिएन भने विद्रो हुन्छ ।’

पोखरेल पछिल्लो समय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको निकट रहेको चर्चा हुने गरेको छ । 

उनले घुमाउरो भाषामा एमाले भित्र द्धन्द रहेको र यसलाई विधिसम्मत ढंगले समाधान नगरेमा विस्फोट र विद्रोह हुने चेतावनी दिए । जाने गएपनि किन गयो भन्ने कुरा जिम्मेवारीमा बसेकाले जवाफ दिनुपर्ने बताए । 

‘नेकपा एमालेको इन्साइड स्टोरी अब इन्साइड मात्रै रहँदैन, सबैले बुझ्ने जान्ने भएर जान्छ । यो कुरा सबैले बुझ्नु पर्छ ।  हामीले अध्यक्ष ओलीकै नेतृत्वमा पार्टी लोकतान्त्रिकरणको अभियान थालेका थियौं । तर त्यसले मान्यता पाएन ।’ 

भण्डारी एमालेकाे मूल नेतृत्वमा फर्कने तयारी गरिरहेका बेला अध्यक्षा अेाली पक्षीय नेताहरूले विधानमा व्यवस्था नै गरेर राेक्नुपर्ने तर्क गरेका थिए । पाेखरेलले त्यसकाे जवाफ यस कार्यक्रममा दिएका हुन् ।

पूर्व राष्ट्रपति पोलिटिकल व्यक्ति भएकाले फर्कन इफ बट आवश्यकनै नरहेको र कुन पद लिने भन्ने कुरा समझदारीमा हुने बताए । पूर्व राष्ट्रपति भण्डारी पोलिटिक मान्छे भएकाले पोलिटिक्समा सक्रिय हुन्छु भन्नु कुनै गलत नहुने बताए । कुन पदमा के गरेर जाने भन्ने कुरा अध्यक्ष लगायतसँग सल्लाहा गरेर हुने बताए । 

कार्यक्रमका दौरान अध्यक्ष ओली कार्यक्रमको बीचैमा बोलेर हिड्न लागेपछि भण्डारीले मेरा कुरा पनि सुनेर जानु भनेकी थिइन् । तर अध्यक्ष ओली आज स्पेन जानुपर्ने लगायतका व्यवस्तता देखाउँदै बाहिरिएका छन् । 

कार्यक्रममा मन्तव्यका दौराननै ओलीले आफूलाई भण्डारीले कुरा सुनेर जान आग्रह गरेको खुलासा गरेका हुन् । उनले भण्डारीले राम्रो बोल्दै आएको र आज पनि राम्रै बोल्ने विश्वास रहेको कुरा ठट्यौली शैलीमा भन्दै उनी बाहिरिएका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर