• २०८२ असार १९ बिहीबार
  • Thursday, 3 July, 2025

लाओसलाई ९ गोल हानेको नेपाली टिम आज श्रीलंकासँग  भिड्दै

काठमाडाैं । एएफसी वुमन्स एसियन कप २०२६ को छनोटको आफ्नो पहिलाे खेलमा नेपालले लाओसविरूद्ध ९ गाेलकाे जित निकालेकाे थियाे ।

आज बुधबार हुने दोस्रो खेलमामा पनि नेपाली टिम सहज जितकाे खाेजिमा हुनेछ । नेपालले आज साँझ श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ।

उज्वेकिस्तानमा भइरहेको समूह ‘एफ’ को छनोटमा नेपाल र श्रीलंकाबीचको खेल साँझ सवा ६ बजे सुरु हुनेछ। 

लाओससँगकाे खेलमा नेपाली स्टार सावित्रा भण्डारी साम्बाले पहिले पटक कप्तानी गरेर व्यक्तिगत ५ गाेल पनि हानिन् ।

यता पहिलो खेलमा श्रीलंकाले भने आयोजक उज्वेकिस्तानसँग १०-० गोललेको हार ब्यहोरेको थियो। 

सन् २०१० यता नेपाल र श्रीलंकाबीच ८ खेल भएका छन्। आठै खेलमा नेपाल विजयी भएको छ। आठ खेलमा नेपालले श्रीलंकाविरूद्ध ३० गोल गर्दा अहिलेसम्म गोल खान परेको छैन। 

नेपालका लागि कमजोर प्रतिद्वन्द्वी श्रीलंकालाई नेपालले गत वर्षको साफ च्याम्पियनसिपमा ६-० गोलले हराएको थियो। 

समूहको शीर्ष टोली मात्र अर्को वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा पुग्नेछ। त्यसैले अन्तिम खेलमा आयोजक उज्वेकिस्तानसँग भिड्नुअघि नेपाल श्रीलंकामाथि सानदार जित निकाल्न चाहान्छ। 

बलियाे टाेली उज्वेकिस्तानलाइ पाखा लगाउनु भने नेपालका लागि फलामकाे च्यूरा सरह हुनेछ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर