लिभरपुलबाट खेल्ने पोर्चुगिज फुटबलर जोताको मृत्यु

काठमाडौँ । इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलका पोर्चुगिज फरवार्ड डिएगो जोताको मृत्यु भएको छ।
उत्तरपश्चिमी स्पेनको जामोरानजिकै भएको कार दुर्घटनामा जोताको मृत्यु भएको रोयटर्सले उल्लेख गरेको छ।
२८ वर्षीय यी खेलाडी भाइ आन्द्रेसँगै कारभित्र रहेका बेला कारमा आगलागी भएको अंग्रेजी अनलाइन द सनले उल्लेख गरेको छ।
दुर्घटनामा उनका भाइको पनि मृत्यु भएको छ। जोता लिभरपुलका लागि लेफ्ट विंगबाट खेल्थे। उनी वल्भ्सबाट सन् २०२० मा ४ करोड १० लाख पाउन्ड स्टर्लिङमा लिभरपुलमा अनुबन्ध भएका थिए। १० दिन मात्रै विवाह गरेका जोताका तीन सन्तान छन्।
प्रतिकृया दिनुहोस