• २०८२ असार २० शुक्रबार
  • Friday, 4 July, 2025

फुटबल रंगशालामा राजनीतिका खेलाडी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चर्चित स्पेनिस फुटबल क्लब रियल म्याड्रिडको रंगशाला बर्नाबाउ पुगेका छन् । बिहीबार प्रधानमन्त्री ओली म्याड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियलको सान्टियागो बर्नाबाउ रंगशाला भ्रमण गरेका हुन् ।

प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागत गरेका थिए । निर्देशक मिगेलले ओलीलाई रंगशाला भ्रमण गराएका थिए ।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिताका लागि स्पेन भ्रमणमा रहेका छन् । उनले यस क्रममा उच्चस्तरीय भेटघाटसमेत गरेका छन् ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलगायत छन् ।

प्रधानमन्त्री ओली यही असार २० गते शुक्रबार अपराह्न स्वदेश फर्कने कार्यक्रम छ ।
तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर