वाइसीएल नेपालले श्रम तथा उत्पादन अभियान चलाउने

काठमाडौं । नेकपा माअेावादी केन्द्रकाे युवा संगठन वाइसीएल नेपालले श्रम तथा उत्पादन अभियान चलाउने निर्णय गरेकाे छ ।
केन्द्रीय समितिको दोश्रो पूर्ण बैठक भर्चुअल माध्यमबाट बसि ‘श्रम तथा उत्पादनमा वाईसीएल‘ नामक दुई महिने श्रम अभियान संचालन गर्ने निर्णय गरेको अध्यक्ष पुष्प ओलीले जानकारी दिए । असार १७ र १८ गते भौतिक रुपमा बसेको पदाधिकारी बैठकले गरेका निर्णयहरु आजको बैठकले अनुमोदन गरेको हो ।
अभियानको उद्घाटन साउन १ गते केन्द्रमा पार्टी अध्यक्ष प्रचण्डले गर्ने भएका छन् ।
बैठकलाई पार्टी केन्द्रीय सदस्य तथा फ्याक्सर्न इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले सम्बोधन गरेका थिए । बैठकलाई सम्बोधन गर्दै सबै एकतावद्ध भई संगठनले गरेका निर्णय कार्यान्वयन गर्न र अभियान सफल पार्न आह्वान गरे ।
प्रकृतिजन्य विपद व्यवस्थापनलाई आफ्नो मूूख्य कार्यक्रममा समेट्दै विपद व्यवस्थापन एस.टी.एफ गठन गरेको छ ।
विपद व्यवस्थापन पूर्व तयारी स्वरुप आफ्नो जनशक्ति तयारी अवस्थामा राख्ने पनि निर्णय गरेको वाईसीएल अध्यक्ष पुष्प ओलीले बताए ।
उत्पादनमा कृषि, उद्योग, व्यापार (डिजिटल व्यापार) का क्षेत्रमा योजना बनाएको छ ।जसमा वैदेशिक रोजगारमा हुने ठगीका विरुद्ध संघर्ष गर्ने, सरकारी कार्यालयमा हुने ढिलासुस्ती तथा ठगीका विरुद्ध संघर्ष गर्ने, निर्माण भईरहेका सरकारी कामहरुको भ्रष्टाचार, ठगी र ढिलासुस्ती विरुद्ध सघर्ष गर्ने, भाद्रपछि आयोजना गर्नेगरी १६–२५ को उमेर समुहलाई लिएर ‘पोलिटीकल युथ कन्सर्ट’ को तयारी गर्ने, कात्तिक १७ मा हुने उपचुनावको तयारी गर्ने, सबै तह र तप्काका कमरेडहरुको कामको मुल्याकंन चार्ट बनाउने, विभागहरुलाई चुस्त र छरितो एंव कामकाजी बनाउने । विभागका क्षेत्राधिकार प्रयोग गरी आ–आफ्ना सापेक्षतामा कार्यक्रमहरु बनाउने । केन्द्रिय कार्यालबाट अनुमोदन गरी योजनाहरु लागु गर्ने लगायत छन् ।
प्रतिकृया दिनुहोस