रियललाई नराम्रो हार चखाउँदै पिएसजी फाइनलमा

काठमाडौं । युरोपेली च्याम्पियन्स लिगको सर्वाधिक विजेता हो स्पेनिस रियल मड्रिड । तर फिफा क्लब विश्वकपको गएरातिको खेलमा त्यही रियल मड्रिडले नराम्रो हार खान पुगेको छ । त्यो पनि फ्रान्सेली पेरिस सेन्ट जर्मेन क्लब पिएसजीसँग । पिएसजी भने यस विर्षको च्याम्पियन्स लिग विजेता पनि हो ।
फिफा क्लब विश्वकपको उपाधिका लागि पीएसजी र चेल्सी भिड्ने भएका छन्।
दोस्रो सेमिफाइनलमा रियल मड्रिडविरुद्ध ४-० को फराकिलो जित निकाल्दै पीएसजी क्लब विश्वकपको उपाधि नजिक पुगेको हो।
पीएसजीको जितमा फेबियन रुईजले दुई तथा ओसामाने डेम्बेले र गोन्कालो रामोसले समान एक गोल गरे।
एकपक्षीय खेलको नवौँ मिनेटमा पीएसजीले २-० ले अग्रता बनाएको थियो। पहिलो हाफको छैटौँ मिनेटमा रुइजको गोलमा पीएसजीले सुरुवाती अग्रता बनाएको थियो।
नवौँ मिनेटमा डेम्बेलेले अग्रता दोब्बर पारे। खेलमा रूइजले व्यक्तीगत दोस्रो गोल गर्दा पिएसजीका लागि तेस्रो गोल गरे।
पहिलो हाफमा नै ३-० को अग्रता बनाएको पिएसजीले दोस्रो हाफमा १ गोल थप्यो। खेलको ८७ मिनेटमा रामोसको गोलमा पीएसजीले रियलविरुद्ध ४-० को फराकिलो जित दर्ता गरेको हो।
पीएसजीले अब उपाधिका लागि आइतबार चेल्सीसँग खेल्नेछ। चेल्सी पहिलो सेमिफाइनलमा फ्लुमिनेन्सलाई २-० ले हराउँदै क्लब विश्वकपको फाइनलमा पुगेको हो।
प्रतिकृया दिनुहोस