• २०८२ असार २७ शुक्रबार
  • Friday, 11 July, 2025

मेसीले २ गोल हान्दा मायामीले न्यू इङल्याण्डलाई हरायो 

काठमाडौं । सकर लिगमा मायामीले अर्को महत्पूर्ण जित निकालेको छ । आज विहान सम्पन्न न्यू इङल्याण्डविरुद्धको खेलमा मायामीले २–१ गोलको जित निकालेको हो ।

मायामीका लागि दुवै गोल पहिलो हाफमा कप्तान लियोनल मेसीले गरेका थिए । 

खेलको २७औं मिनेटमा गोलको खाता  खोलेका मेसीले ३८औं मिनेटमा बुस्केटको पासमा अर्को गोल थपे । 

न्यू इङल्याण्डका लागि दोस्रो हाफको ८० मिनेटमा कार्लेस गेलले एक सान्त्वना गोल गरे । 

जितसँगै मायामी १८ खेलबाट ३५ आंकसहति अंक तालिकाको ५औं स्थानमा उक्लिएको छ । 

२१ खेल खेलेको सिन्सीनेटी ४२ अंकसहित तालिकामा पहिलो स्थानमा छ । नासभिले, फिलाडेल्फिया र कोलम्बस क्रु क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर