• २०८२ असार २७ शुक्रबार
  • Friday, 11 July, 2025

यू-१६ इस्ट जोन कप च्याम्पियन खेलाडीलाई जनही ५० हजार 

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) ले एसिसी यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको नेपाली टोली प्राेत्साहन गर्ने भएकाे छ । नेपाली युवा टाेलीलाई पुरस्कृत गर्ने क्यानले जनाएकाे छ।

क्यानले खेलाडी तथा अफिसियललाई जनही ५० हजार रूपैयाँका दरले पुरस्कार दिने निर्णय गरेको हो। खेलाडीको हौसला बढाउन उक्त पुरस्कार दिन लागेको क्यानको भनाइ छ।

गत साता मलेसियामा सकिएको प्रतियोगितामा नेपाल च्याम्पियन बनेको थियो। समूह चरणमा अपराजित नेपालले फाइनलमा सिंगापुरलाई पराजित गरेर उपाधि जितेको थियो।

प्रतियोगितामा नेपालसहित, भुटान, इन्डोनेशिया, हङकङ, जापान, माल्दिभ्स, म्यानमार, मलेसिया, थाईल्याण्ड र सिंगापुरको यु-१६ पुरुष राष्ट्रिय क्रिकेट टोलीको सहभागिता थियो। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर