एमालेले अस्वीकार गरेका बामदेव अन्ततः एसमै जान तयार

काठमाडौं । एमालेका पूर्वउपाध्यक्षसमेत रहेका नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम अन्तत: नेकपा एसमा समाहित हुने भएका छन् ।
दुईजनाबीच पार्टी एकता गर्ने सहमति भएको छ । आउँदो साउन २ गते राष्ट्रिय सभा गृहमा एक समारोहका बीच एकताको घोषणा गर्ने सहमति भएको दुई नेताद्वारा हस्ताक्षरित सहमति पत्रमा उल्लेख छ ।
यसअघ नेपाल र गौतमबीच पटकपटक एकताका लागि छलफल भएपनि निचोड निस्केको थिएन । नेकपा एमालेले औपचारिक रूपमा गौतमसँग सहकार्य गर्ने निर्णय गरेको थियो । तर, यसले मूर्त रूप पाउन सकेन ।
सहमतिपत्रमा भनिएको छ, 'नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानकर अध्यक्ष वामदेव गौतमसहितका नेताहरूबीच छलफल हुँदा राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीती र कार्यदिशामा एकरुपता रहेको र नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नु पर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै नेकपा एकता राष्ट्रिय अभियान नेकपा (एकीकृत समाजवादी) मा एकतावद्ध हुने सहमति गरियो।'
प्रतिकृया दिनुहोस