• २०८२ असार २९ आइतबार
  • Sunday, 13 July, 2025

मेसीले पछिल्ला ३ खेलमा गरे ६ गोल

काठमाडौं । अमेरिकन सकर लिगमा आज पनि सुपरस्टार लियोनल मेसीले २ गोल गरेका छन् । यो सँगै पछिल्ला तीन खेलमा उनको गोलसँख्या ६ पुगेको छ । 

आज नासभिल्लेविरुद्धको खेल मायामीले २–१ गोल अन्तरले जित्दा दुबै गोल मेसीले गरेका हुन् । 

पहिलो हाफको १७औं मिनेटमा गोल गरेका उनले दोस्रो हाफको ६२औं मिनेटमा अर्को गोल थपे । 

यो जितसँगै मायामी अंक तालिकाको पाँचौं स्थानमा छ । तर मायामीले १९ खेल मात्रै खेलेको छ । २२ खेलबाट फिलाडेल्फिाया ४३ अंकसहित शीर्ष स्थानमा छ ।

यस अघिका यसअघिका कोलम्बर क्रु र फिलाडेल्फिया विरुद्ध पनि उनले समान २ गोल गरेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर