• २०८२ असार ३० सोमबार
  • Monday, 14 July, 2025

टी–२० विश्वकप छनोटका लागि यी हन् बन्द प्रशिक्षणमा रहेका ३२ खेलाडी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत छनोट प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा ३२ खेलाडी बोलाएको छ । प्रशिक्षक स्टुअर्ट लले आउँदो अक्टोबरमा ओमानमा हुने छनोटका लागि पहिलो चरणमा ३२ खेलाडी बोलाउँदा आदिल अन्सारीलाई पनि टोलीमा स्थान दिएका छन् ।

यसअघि वैशाखमा क्रिकेटर मोहमद उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउने गरी लगाएको प्रतिबन्ध फुकुवा भएको थियो । क्यानको इन्टीग्रिटी समितिले आवश्यक प्रक्रिया पूरा गरी उनको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गर्दै प्रतिवेदन दिएको थियो । समितिको प्रतिवेदनपछि क्यानले उनको प्रतिबन्ध फुकुवा गरेको हो ।

यसअघि क्यानको आयोजना र भारतीय कम्पनी सेभेन थ्री स्पोट्र्सको व्यवस्थापनमा गत २०७९ को पुसमा भएको नेपाल टी–२० क्रिकेट लिगका दौरान अन्सारीलाई स्पट फिक्सिङको आरोप लागेको थियो । त्यसपछि उनलाई कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउने गरी प्रतिबन्ध लगाइएको थियो। क्यानले प्रतिबन्ध लगाए पनि अन्सारी र मेहबुब आलमसहित पाँच जनालाई जिल्ला अदालत काठमाडौंले २०८० को चैतमा सफाइ दिएको थियो ।

न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले स्पट फिक्सिङको दाबी नपुगेको भन्दै सफाइ दिएको थियो । उनीहरु लिगका दौरान पक्राउ परेका थिए भने पछि धरौटीमा छुटेका थिए । अन्सारीले नेपाली टोलीबाट ६ वटा एकदिवसीय र ८ टी–२० खेल खेलेका थिए । अन्सारीले २०७८ को चैतमा राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए ।

नेपाली टोली
१ रोहितकुमार पौडेल
२ दीपेन्द्र सिंह ऐरि
३ कुशल भुर्तेल
४ अनिल साह
५ आसिफ सेख
६ लोकेस बम
७ भीम सार्की
८ कुशल मल्ल
९ आरिफ सेख
१० नन्दन यादव
११ करण के सी
१२ सोमपाल कामी
१३ रिजन ढकाल
१४ सन्दीप लामिछाने
१५ प्रतिस जीसी
१६ ललित नारायण राजवंशी
१७ गुलशन कुमार झा
१८ रुपेश कुमार सिंह
१९ बसिर अहमद
२० साहब आलम
२१ युवराज खत्री
२२ किरण ठगुन्ना
२३ सागर ढकाल
२४ आकाश चन्द
२५ विवेक कुमार यादव
२६ आदील अन्सारी
२७ पवन सर्राफ
२८ सन्दीप जोरा
२९ शेर मल्ल
३० सुभ कंसकार
३१ अर्जुन घर्ति
३२ कमल सिंह ऐरि

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर