• २०८२ असार ३० सोमबार
  • Monday, 14 July, 2025

अन्तिम एक मिनेट सम्हालिन नसक्दा नेपाल बंगलादेशसँग निराश

काठमाडौं । राम्रो कम्ब्याकका बाबजुत अन्तिम मिनेट सम्हालिन नसक्दा नेपाल चिर प्रतिद्धन्दी बंगलादेशसँग स्तभ्द हुन पुग्यो । 

साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाल पराजित भएको हाे। आज भएको खेलमा नेपाललाई आयोजक बङ्गलादेशले ३-२ गोलले पराजित गरेको हो।

दुई शून्य गोलले पछि परेको स्थितिमा नेपालले राम्राे कम्ब्याक गर्दै बराबरी गरे पनि अन्तिम मिनेटमा गोल खाँदा हार बेहोर्न बाध्य भयो।

नेपाल विरुद्ध बंगलादेशले पहिलो हाफमा दुई गोल गरेको थियो ।

दोस्रो हाफमा नेपालका लागि अनिशा राई र मिना देउवाले गोल गर्दै खेललाई दुई दुईको अवस्थामा ल्याए। तर दोस्रो हाफको इन्जुरी समयमा नेपाल विरुद्ध बंगलादेशले गोल गर्यो।

दोस्रो हाफमा नेपालकी डिफेन्डर सिम्रन राई र बंगलादेशकी फरवार्ड सागोरिका  झगडामा उत्रेपछि दुवैले रातो कार्ड पाए।

यस अघि नेपालले पहिलो खेलमा भुटान विरुद्ध जित निकालेको थियो। अब नेपालले तेस्रो खेलमा श्रीलंका विरुद्ध खेल्नेछ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर