• २०८२ असार ३१ मंगलबार
  • Tuesday, 15 July, 2025

एमाले–कांग्रेसका शीर्ष नेतासँग जसपाको भेटः फेरि सरकारमा जान लागेको हो ?

काठमाडौं । सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपाले सत्तारुढ दलका नेताहरुसँग छलफल गरेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा (एमाले), नेपाली काँग्रेस  र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुबीच आज छलफल भएको हाे ।

प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको बैठकमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, काँग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखक, एमालेका उपमहाचिव एवं प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल र जसपाका नेता राजकिशोर यादव सहभागी रहेकाे प्रधानमन्त्रीकाे सचिवालयले जानकारी दिएकाे छ ।  

सत्ता पक्षसँगकाे असमझदारीका कारण जसपाले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे थियाे । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर