एमालेमा मत्यन्यायः मेयर हारेकी न्याैपानेलाई मन्त्री उपहार

काठमाडौँ । सरकारकाे नेतृत्व गरिरहेकाे दल नेकपा एमालेमा कति हद्सम्म मत्यन्याय हुन्छ भन्ने अर्काे उदाहरण बनेकी छन् राष्ट्रिय सभा सदस्य भगवती न्याैपाने । यस अघि एमालेमा पटक पटक उच्च तहकाे पद हत्याउने पहिलाे नम्बरमा थिए युवराज खतिवडा । उनले विभिन्न पटकमा एमालेकै नामबाट झण्डै एक दर्जन नियक्ति खाइसकेका छन् । जाे अहिले पनि सरकारी नियुक्ति खाइनैरहेका छन् ।
भगगती पनि अहिले भाग्यमानी नै देखिएकी छन् । कर्मचारी सरुवामा घुस लिएको आरोपमा चौतर्फी दबाब बढेपछि सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई राजीनामा गरे। सत्ता गठबन्धनदेखि एमालेभित्रै र बाहिरकाे चर्काे दबाबपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बाध्य भएर राजीनामा दिन लगाएका थिए ।
सामान्य प्रशासन मन्त्री खाली भएपछि प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले एमालेकी राष्ट्रियसभा सदस्य भगवती न्यौपानलेलाई जिम्मेवारी दिएका छन्। ओली दाहिना हुँदा न्यौपानले तेस्रोपटक अप्रत्यासित रुपमा पद हात पारेकी छन्।
२०७४ सालको स्थानीय तहको चुनावमा तनहुँको भानु नगरपालिकाको मेयरमा पराजित भएकी न्यौपानेलाई ओलीले दुई वर्षपछि आलोचना झेलेर गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्य बनाए। मेयरमा कांग्रेसका उदयराज गौलीले ९ हजार ५०५ मत ल्याउँदा न्यौपाने ८ हजार ९९९ मतमै सीमित हुँदा पराजित भएकी थिइन्।
२०७६ माघमा भएको राष्ट्रियसभा चुनावमा तत्कालीन नेकपाका तर्फबाट महिला सदस्यमा उम्मेदवारी दिएकी न्यौपानेले कांग्रेसकी विमला गौचनलाई १ हजार २० मतभारले पराजित गरेर राष्ट्रियसभामा प्रवेश गरेकी थिइन्। परिपक्कहरु आउने सभामा ओलीको भित्रिया भएकैले उनले अवसर पाएको भन्दै पार्टीभित्र र बाहिर आलोचना भएको थियो।
न्यौपानेले ३ हजार ३ सय ६६ र गौचनले २ हजार ३ सय ४० मतभार भएका थिए। स्थानीय तहको चुनाव हारेर बसेकी न्यौपानलेले अप्रत्यासित रुपमा ओलीले राष्ट्रियसभाको उम्मेदवार बनाए ।
एमालेले सांसदका लागि दुई पटक समानुपातिकको नाम राख्दासमेत निर्वाचित हुने अवसर गुमाएकी न्यौपानेलाई ओलीले नगर प्रमुख बनाउन चाहेका थिए। तर, त्यहाँ जनताबाट अनुमोदित हुन नसकेपछि स्थानीय तह र प्रदेशसभामा निर्वाचित नेता कार्यकर्ताको मतबाट उनी राष्ट्रियसभाको सदस्यमा निर्वाचित भएकी थिइन्।
राष्ट्रियसभा सदस्यका रुपमा ६ वर्षमध्ये सात महिना मात्रै कार्यकाल बाँकी रहँदा उनले सामान्य प्रशासनमन्त्रीको जिम्मेवारी पाएकी छन्। तर एमालेका यस्ता धेरै पुराना नेता कार्यकर्ता छन् जसले यसरी ब्याक टु ब्याक त के, कहिल्यै पनि अवसर पाएका छैनन् । अध्यक्ष ओलीले उनकाे आलाेचना गर्नेहरूलाइ पाखा र अन्धभक्तहरूलाइ पाखा गर्ने गरेकाे एमालेकै नेताहरू बताउँछन् ।
प्रतिकृया दिनुहोस