• २०८२ श्रावण १ बिहीबार
  • Thursday, 17 July, 2025

भण्डारीकाे सक्रियताः जलवायु परिवर्तनका चुनौती सामना गर्न गम्भीर बनाैं

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकहरू प्रत्यक्षरूपमा लाभान्वित नहुँदासम्म योजनाको प्रभावकारिता पुष्टि नहुने बताएकी छिन् ।

बूढानीलकण्ठ नगरपालिकाको वार्षिक नगर विकास योजना कार्यक्रममा उनले भनिन्, ‘योजनाको प्रभावकारिता त्यसबेला मात्रै पुष्टि हुन्छ, जब नागरिकले त्यसको प्रत्यक्ष लाभ महसुस गर्न सक्छन् ।’

विश्वमा बढ्दो तापक्रमको अवस्थाले सिर्जना गरेको जलवायु परिवर्तनका चुनौतीलाई सामना गर्न गम्भीर बन्नुपर्ने उनले बताइन् । 

जलवायु परिवर्तनका असरलाई सन्तुलनमा राख्नका लागि भइरहेका कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।

नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो समय राजनीतिक भेटघाट र सार्वजनिक कार्यक्रममा सहभागितालाई बाक्लो बनाएकी छन् । 

यसै क्रममा भण्डारी बूढानीलकण्ठ नगरपालिकाको वार्षिक नगर विकास योजना तथा आगामी आवको आर्थिक सर्वेक्षण तथा ०८१/८२ को सार्वजनिकीकरण कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी भएकी हुन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर