• २०८२ श्रावण १ बिहीबार
  • Thursday, 17 July, 2025

मन्त्री न्यौपानेले लिइन सपथ 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

राष्‍ट्रपति भवनमा आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएकी हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार अपराह्न न्यौपानेलाई मन्त्री नियुक्त गरेका थिए।

एमालेकै प्रतिनिधि सभा सांसद राजकुमार गुप्ता यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री थिए। गुप्ताले मंगलबार नै पदबाट राजीनामा दिएका थिए। ७८ लाख रुपैयाँ घुस डिल गरेको अडिओ सार्वजनिक भएपछि मन्त्री गुप्ताले राजीनामा दिएका थिए।

रिक्त स्थानमा प्रधानमन्त्रीको सिफारिसमा न्यौपानेलाई मन्त्री नियुक्त गरिएको थियो। न्याैपानेले अध्यक्ष केपी अेाली नजिककाे भएका कारण मेयरमा चुनाव हारेपनि राष्ट्रिय सभाकाे सदस्य र मन्त्री उपहार पाएकी हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर