• २०८२ श्रावण १ बिहीबार
  • Thursday, 17 July, 2025

प्रधानमन्त्री ओलीले मन्त्रीहरु फेर्न लागे, को–को रहलान् ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदका सदस्यहरु फेरबदल गर्न लागेका छन् । यसअघि नै चर्चा भइरहेको यो विषयलाई बुधबार सरकारका प्रवक्तासमेत रहेका संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पुष्टि गरे । उनले यसअघि सपथ ग्रहण गर्नेबेलामा नै एक वर्षका लागि मन्त्री बन्न लागेको कुरा जानकारी गराईएको बताएका छन् । 

सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा बुधबार उनले प्रधानमन्त्रीको स्पेन भ्रमणपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने समाचार सञ्चारमाध्यममा आएको थियो नि? भन्ने प्रश्नमा उनले मन्त्रिपरिषद् गठन, पुर्गठन गर्ने कुरा ठूलो कुरा नभएको र प्रधानमन्त्रीले शपथ लिने बेलैमा एक वर्षको कार्यकाल हेरिने, कार्यकाल थपघट गरिने उल्लेख गरेको बताए।

एक वर्ष आफूहरूले कुनै दायाँबायाँ र उत्तारचढाव नभई बिताएको पनि बताए। सरकारले एक वर्षको समयमा उपलब्धिमुलक कामहरू गरेको र अर्थतन्त्रलाई सही दिशामा ल्याएको र अब दौडिने परिस्थिति निर्माण भएको उनले दाबी गरे।  

‘मन्त्रिमण्डल गठन, पुनर्गठन हुने कुरा ठूला कुरा छैन। यो प्रधानमन्त्रीको अधिकारको कुरा हो । हामी अहिले समीकरणमा छौँ। गठबन्धनमा सहमति भयो भने..सामान्यतः एक वर्षभित्र मन्त्रीहरूलाई शपथ खुवाउने बेलामा पनि भन्नुभएको थियो- १ वर्षको हो है भन्नुभएको थियो,' गुरुङले भने, 'त्यसपछि तन्किन नि सक्छ, खुम्चिन नि सक्छ भन्नुभएको थियो। एक वर्ष कार्यकाल कम्फरटेबल्ली, बिना दायाँबायाँ, उत्तारचढाव नभइकन सकुशल ल्यान्डिङ गरेका छौँ।' 

वर्तमान मन्त्रिपरिषदका कतिपय सदस्यहरु भने विवादका कारण बिदा भइसकेका छन् । हिजो मात्रै घुस लेनदेन काण्डमा मुछिएपछि एमालेका नेतासमेत रहेका सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका थिए ।

प्रधानमन्त्री केपी ओलीसँगै असमझदारी बढेपछि एमालेकै नेतासमेत रहेकी शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी थिइन् । भिजिट भिसा प्रकरणमा मुछिएपनि गृहमन्त्री रमेश लेखक भने पदमै बसिरहेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर