• २०८२ श्रावण ५ सोमबार
  • Monday, 21 July, 2025

ओलीलाई विद्याको जवाफः 'म अघि बढें, देशभर अभियान चलाउँछु'

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमाले तिब्र राजनीतिक ध्रुविकरणका बीचमा केन्द्रीय कमिटिको बैठकमा बस्दै छ ।

आगामी भदौ २० गतेदेखि हुने विधान अधिवेशनको तयारीका लागि बोलाइएको बैठकमा सचिवालय र पोलिटब्युरो बैठकले पारित गरेको विधान संशोधनमा छलफल हुनेछ। यसैगरी पार्टीको संगठनात्मक कामको ‘रिर्पोटिङ’, सरकारको समीक्षा, समसामयिक राजनीति लगायतका विविध विषयमा पनि छलफल हुनेछ।

एमालेको सचिवालय र पोलिटब्युरो बैठकले ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था हटाएको छ । वरिष्ठ उपाध्यक्ष पद पनि खारेज गरेको छ । १५ पदाधिकारीसहित २५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ । सचिवालय पनि हटाइएको छ । पार्टीमा स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय कमिटी गरी तीन राख्ने निर्णय भएको छ  । 

एमालेमा पूर्व राष्ट्रपति विद्यदेवी भण्डारीकाे सदस्यताबारे पनि विवाद झिकिएकाे छ । भण्डारीले २ वर्ष पहिले नै सदस्यता नविकरण गरेकाे बताइरहँदा अध्यक्ष अेाली पक्षधरले उनकाे सदस्यता नविकरण नभएकाे पेन्डिङमा रहेकाे दावी गरेका छन् । 

पोलिटब्युरो बैठकपछि शनिबार प्रचारविभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले भण्डारीको सदस्यता ‘पेन्डिङ’ मा राख्ने निर्णय भएको बताएका थिए ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आइतबार करिब २ घण्टा भेटवार्ता भएको थियाे । एमाले मुख्यालय च्यासलमा भएको भेटवार्तामा भण्डारीको पार्टी सदस्यता नवीकरण र सक्रिय राजनीतिमा प्रवेशबारे छलफल भएको थियो ।

भेटवार्तापछि पूर्वराष्ट्रपति भण्डारीले ओलीसँग राष्ट्रिय राजनीतिबारे कुराकानी भएको बताइन् । ‘उहाँ (ओली) सँग मेरो राष्ट्रिय राजनीतिबारे मात्रै कुराकानी भयो,’ भण्डारीले सञ्चारकर्मीसँग भनिन्, ‘पार्टीको सदस्यता मैले पहिल्यै नवीकरण गरेको छु । बाँकी जानकारी आधिकारिक च्यानलबाट आउने छन् ।’ 

अध्यक्ष ओलीसँग भेटवार्ताका लागि लामो समयपछि भण्डारी पार्टी केन्द्रीय कार्यालय पुगेकी थिइन् । भेटवार्तापछि निस्किँदा ओली र भण्डारी दुवै प्रफुल्ल मुद्रामा देखिन्थे । तर बैठकमा भने दुवै पक्षले अडान नछाेडेकाे स्राेतकाे दावी छ । 

उनले आफू अघि बढिसकेको र नरोकिने बताउँदै कसैको केही इच्छा भए सोही अनुसार आफू पनि तयार रहेको जानकारी दिइन।

ओलीलाई भेटेर आएपछि आइतबार साँझ केही सञ्चारकर्मी र पार्टीका शुभेच्छुकहरूसँगको कुराकानीमा सो कुरा बताएकी थिइन।

‘म अघि बढेको जानकारी दिए, अरूको केही इच्छा भए सोही अनुरूप कुरा हुने तर कुनै पनि हालतमा आफू पछि नहट्ने जानकारी दिएको छु’, विद्याको भनाई उद्धृत गर्दै एक सहभागिले भने।

जवाफमा ओलीले ‘तपाइलाई पार्टी कार्यालयमा स्वागत छ’ भनेका थिए। यसमा ओलीले दोहोरो कुरा गर्न चाहेका थिएनन्।

‘पार्टी कार्यालय आउँछु भन्दा ओलीले नाइँ भन्ने कुरा पनि भएन, हाँसेर स्वागत छ भन्नु भयो’, भण्डारीले भनिन।

पार्टीभित्र भण्डारीको एमाले सदस्यता नवीकरण र सक्रिय राजनीतिमा आगमनबारे चर्को बहस भइरहेका बेला आइतबार एमाले कार्यालय च्यासलमा ओली र भण्डारीबिच झन्डै दुई घण्टा छलफल हुँदा भण्डारीले सदस्यताको विषय किन उठाइएको भन्दै अर्को प्रश्न गरेकी थिइन।

उनले दुई वर्ष अघि जानकारी दिएर नवीकरण गराएकी हुँ, भन्दै यसबारेमा पार्टी भित्र कसरी छलफलको विषय बन्यो भन्दै प्रश्न गरेकी थिइन।

मैले तपाई (केपी ओली) लाई जानकारी दिएर काशीनाथ अधिकारीजीलाई फोन गरेर डा. भेषराज अधिकारीलाई सदस्यता नवीकरणका लागि पठाएको थिए, सदस्यता नवीकरण पनि भयो, अहिले यो विषयलाई कसरी उठाइयो भन्ने जवाफमा ओलीले विशिष्ट व्यक्ति भएका कारण पार्टीमा छलफल गर्नु परेको बताएकी थिइन।

‘पूर्व राष्ट्रपति हुनुभएकै कारण छलफल गर्नु परेको हो, यसमा अन्यथा छैन, सदस्यता समस्या होइन भन्ने जवाफ दिएका थिए।

‘उहाँले समस्या छैन भन्नु भयो, यसमा अन्यथा छैन भन्नु भयो’,भण्डारीको भनाई उद्धृत गर्दै ती सञ्चारकर्मीको भनाई छ।

यसमा ओलीले बढी नै मिडिया ट्रायल गर्न खोज्नु भएको देखिएको भन्दै भण्डारीले गुनासो गरेकी थिइन।

भेटपछि पूर्व राष्ट्रपति एवं एमाले नेतृ विद्या भण्डारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग राजनीतिक संवाद मात्रै भएको बताउँदै पार्टीमा सक्रिय भएपछि स्वाभाविक रुपमा नेता कार्यकर्तासँग भेटघाट हुने र देशव्यापी आफ्नो गतिविधि सञ्चालन हुने जानकारी पनि दिएकी थिइन।

भण्डारी पक्षले अधिवेशन अघि देशभर छुट्टै भेला गर्ने तयारी गरेकाे छ । 

‘पार्टीभित्र व्यक्ति विशेषका विषयहरू पनि उठेका छन् अत्यन्तै अलोकप्रिय भनाइहरू आएको छन् यसलाई कसरी सच्याउने हो यसमा पार्टी नेतृत्व जिम्मेवार बन्नुपर्छ पार्टी कमजोर बन्नु हुँदैन, म अघि बढिसकेको छु तपाईँले आफ्नो निर्णय गर्ने बेला आयो,’ भण्डारीको भनाई थियो।

 ०७२ कात्तिक ११ मा राष्ट्रपति भएपछि भण्डारी पार्टी कार्यालय पुगेकी थिइनन् । दोस्रोपटक ०७४ फागुन २९ मा उनी राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । उनी मुलुकको पहिलो महिला राष्ट्रपति हुन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर