• २०८२ श्रावण १२ सोमबार
  • Monday, 28 July, 2025

मेसी नखेलेपछि मायामी बराबरीमा रोकियो

काठमाडौं । अमेरिकन सकर लिगको आजको खेलमा लियोनल मेसीको कप्तानीमा रहेको इन्टर मायामी गोलरहित बराबरीमा रोकिएको छ ।

आज विहान सिन्सीनेटीविरुद्ध मायामीको घरेलु मैदानमा भएको खेलमा दुवै पक्षले गोल हान्न सकेनन् । 

तुलनात्मक रुपमा मायामीले राम्रा र धेरै आक्रमण बुनेपनि गोलमा परिणत गर्न सकेन । मायामीका नियमित क्याप्नेट लियोनल मेसी र डिफेन्डर जोर्डी अल्बा भने आजको खेलमा बेन्चमा थिए । 

मेसी र अल्वाले सकर लिगको अनुमति नलिइकन अलस्टाल गेम मिस गरेका कारण सिन्सीनेटीको खेल खेल्न नपाएका हुन् । 

आजको बराबरीसँगै मायामी २२ खेलबाट ४२ अंकसहित तालिकाको पाँचौ स्थानमा छ । सिन्सीनेटी भने २५ खेलबाट ४९ अंकसहित दोस्रो स्थानमा छ । फिलाडेल्फिया ५० अंकसहित शीर्ष स्थानमा रहेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर