• २०८२ श्रावण ११ आइतबार
  • Sunday, 27 July, 2025

‘सरकारले रोजगारीको उद्योग हैन, भ्रष्टाचारको उद्योग खोल्यो’ (भिडियाे)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीले सरकारले भ्रष्टाचार गर्ने उद्योग खोलेका आरोप लगाएका छन् । 

संघीय सरकार अन्तर्गत राष्ट्रिय सभाको आजको बैठकमा विषेश समयमा बोल्दै सुवेदीले वर्तमान केपी ओली सरकारको यो एक वर्षे कार्यकालमा ७ लाख युवाले देश छोडेको तथ्य अघि सार्दै सरकार भने युवाहरुका लागि रोजगानी नभई मन्त्रीहरु भ्रष्टाचारको उद्योग खोल्न लागि परेको दावी गरे ।

‘बेरोजगारी समस्या छ । यही सरकारका पालामा ७ लाख युवा विदेशीय सरकार उद्योग हैन, भ्रष्टाचारको उद्योग खोलिरहेको छ,’ उनले भने । 

सरकारले एक वर्ष पुरा गरेको सन्दर्भमा विपक्षी दलको धारणा अघि सार्दै उनले अहिले वर्षामा पनि लोडसेडिङ भएकोप्रति आश्चार्य व्यक्त गरे ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर