• २०८२ श्रावण ११ आइतबार
  • Sunday, 27 July, 2025

भण्डारीले अवस्था पेचिलो बनाएपछि सदस्यता नविकरण गरेनाैंः महासचिव पोखरेल 

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पाेखरेलले पुर्वराष्ट्रपति जस्तो सम्माननीय व्यक्ति पार्टी राजनीतिकमा आउनु हुन्न थियो भन्ने टिप्पणी गरेका छन् । तर हल्लाकै भरमा चर्चामा आएको त्यहि विषय पेचिलो बन्दै गएपछि केन्द्रीय कमिटी बैठकले छलफलको विषय बनाएर उनकाे राजनीतिकाे बाटाे छेकेकाे उनले बताएका छन् ।  

नेपाली सेनाको सुरक्षामा रहने व्यक्ति पुर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राष्ट्रको अभिभावकिय भूमिकामा रहनु पर्छ भन्ने निचोडमा सिंगो पार्टी रहेको भएपनि पार्टीको सक्रिया राजनीतिमा आउने विषयलाई महामहिम पुर्वराष्ट्रपति भण्डारीले पेचिलो बनाएपछि उनको सदस्यता नविकरण नगर्ने निचोडमा बैठक पुगेको जानकारी उनले दिए ।

‘उहाँ (विद्या भण्डारी)ले पार्टी सदस्यता नविकरणको प्रक्रिया अघि बढाउनु भएको थियो । तर पार्टीको भर्खरै सम्पन्न केन्द्रीय किमिटि बैठकले त्यो प्रक्रिया विधिसंगत छैन् भन्दैं रद्द गरेपछि अब उहाँ कुनै पार्टी विशेषको नेताभन्दा राष्ट्रिय व्यक्तित्व र अभिभावकका रुपमा रहनु भएको हो ’, महासचिव पोखरेलले भने ।

काठमाडौंमा सम्पन्न लोकतान्त्रीक आदिवासी जनजाती महासंघद्धारा आयोजित जातीय घटक संघहरुको बिस्तारित बैठकमा प्रशिक्षणमुलक मन्तव्य राख्दै महासचिव पोखरेलले यस्तो कुरा बताए । 

हरेक आदिवासी समुदायहरुको परम्परागत सामाजिक, आर्थिक प्रर्णाली फरक–फरक हुने भएकाले त्यसैसँग मिल्ने परम्परागत प्रर्णालीलाई आधार मानेर तिनै तहका सरकारले आर्थिक समृद्धीको ढाँचा तयार पारेर विकासका गतिविधि अघि बढाउनु पर्नेमा पोखरेलले जोड दिए । 

‘आदिवासी जनजातीको विकास भन्दै आफूले चाहेको र बाहिर देखेको विकासको मोडेल हामीले कार्यान्वयनमा ल्याउने गरेका छौं । त्यसले कार्यक्रम रहुञ्जेल केहि सफल जस्तो देखिएपनि त्यसको स्थायित्व हुने देखिएन’, महासचिव पोखरेलले भने, प्रत्येक समुदायले लामो समयदेखि अंगिकार गरेको परम्परागत प्रर्णालीलाई आधुनिक विकाससँग अन्तरसम्बन्धित गराएर सबै तहका सरकारले आप्mना नीति तथा कार्यक्रम निर्माण गर्ने हो भने वास्तवमा आदिवासी जनजातीको आर्थिक समृद्धि टाढा छैन् ।’ 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर