• २०८२ श्रावण १३ मंगलबार
  • Tuesday, 29 July, 2025

लगातारको वर्षाले बाढीको खतराः सिन्धुपाल्चोक र दोलखामा सर्तकता अपनाउन आग्रह

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (साउन १२, सोमबार) को सम्भावित बाढीबारे जानकारी दिँदै सतर्कताका लागि सुझाव दिएको छ। 

बाढी महाशाखाका अनुसार आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरुको बहाव सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ।

जिल्लाका हिसाबले आज दोलखा, सिन्धुपाल्चोक र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना छ। 

यस्तै आज इलाम, झापा, सोलुखुम्बु, संखुवासभा, रसुवा, धादिङ, नुवाकोट, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, लमजुङ, रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, कैलाली र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ।

महाशाखाले उल्लिखित २५ जिल्लालाई पहेँलो रङ अर्थात् एल्लो अलर्ट दिँदै होसियारी अपनाउन भनेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर