बागमतीकाे मुख्यमन्त्री बानियाँ बन्ने पक्का, लामाकाे १५ मत

हेटाैंडा । नेपाली कांग्रेस बागमती प्रदेशको नयाँ मुख्यमन्त्री इन्द्र बाँनिया बन्ने बाटाे खुलेकाे छ।
संसदीय दलका नेता बहादुर सिंह लामाविरुद्धको अविश्वासको प्रस्तावमाथि मत विभाजन हुदा लामाकाे पक्षमा १५ र बानियाँकाे पक्षमा २२ मत खसेकाे छ।
अविश्वासको प्रस्ताव दर्ता भएपछि सांसद तानातानबीच आफ्नो पक्षमा बहुमत सांसद लिन सफल भएसँगै लामालाई हटाएर इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने पक्का भएको छ ।
शुक्रबार अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने २१ मध्ये १ सांसद फर्किएर लामाको पक्षमा गएपनि श्यामकुमार खड्कालाई खानेपानी मन्त्रीबाट राजीनामा गराएर बानियाँले आफ्नो कित्तामा उभ्याएउदा २२ मत सुरक्षित गरेका छन् ।
अविश्वासको प्रस्तावको हस्ताक्षर सूचीमा रहेकी माया श्रेष्ठले हस्ताक्षर कीर्ते गरिएको बताएकी छन् । मायासँगै विज्ञप्तिमा नाम भएकी सांसद मीना पराजुली अन्तिममा बानियाकै समर्थनमा खुलेर विज्ञप्ति आफूले ननिकालेको दाबी गरेकी छिन् । अन्ततः लामा इतरकै समूह बलियो भएको छ ।
बानियाँको पक्षमा २२ जनाकै समर्थन कायम रह्यो । कुल ३७ सांसदमध्ये लामातिर १५ जनामात्रै उभिएका छन् ।
प्रतिकृया दिनुहोस