• २०८२ श्रावण १५ बिहीबार
  • Thursday, 31 July, 2025

प्रचण्ड–जनार्दन विवादः माओवादीले बोलायो पदाधिकारी बैठक

काठमाडौं । अध्यक्ष प्रचण्डमाथि नै उपमहासचिव जनार्दन शर्माले संगिन आरोप लगाएपछि आन्तरिक रुपमा तरंगगित भएको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । 

पार्टी स्थायी समिति बैठक बस्ने तयारी भइरहेका बेला अध्यक्ष प्रचण्डले त्यसअघि पदाधिकारी बैठक आव्हान गरेका हुन् । 

आज अपरान्ह ४ बजे पदाधिकारी बैठक बस्ने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । यी समिति बैठक शुक्रबार बोलाइएको छ ।

उपमहासचिव शर्माले अध्यक्ष प्रचण्डलाइ भ्रष्ट र जनवादकाे अभ्यासमा राेक लगाएकाे भनेपछि प्रचण्डले पनि त्यसकाे जवाफ फर्काएका थिए । त्यसपछि अन्य नेताहरूले पनि धारणा राखिरहेका छन् । 

उपमहासचिव हरिबाेल गजुरेलले यस विषयमा पार्टीमा छलफल हुने बताएका छन् भने वर्षमान पुनले पार्टी मूल नेतृत्वका विरुद्ध आराेप लगाएर काेही पन्छन नमिल्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर