आजको मौसमः कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मध्यम वर्षा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज (साउन १६, शुक्रबार) को सम्भावित वर्षाबारे जानकारी दिएको छ। महाशाखाले बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार,
आज दिउँसो देशभर साधारणतया बदली (आकाशभरि बादल) रहनेछ। कोसी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाड भूभागका धेरै स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
आज राति देशभर साधारणतया बदली रहनेछ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाड भूभागका धेरै स्थान तथा बाँकी तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेशको पहाडका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
प्रतिकृया दिनुहोस