आन्तरिक बहसकाबिच माओवादी केन्द्रको स्थायी समिति आजदेखि

काठमाडौं । अध्यक्ष प्रचण्डमाथि नै उपमहासचिव जनार्दन शर्माले कतिपय प्रश्न उठाइरहेको सन्दर्भमा आजदेखि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको बैठक बस्दै छ ।
करिव एक वर्षपछि बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु हुन लागेकाे हाे । स्थायी समिति बैठकका लागि माओवादीले एजेन्डा तय गरिसकेको छ । बुधबार बसेको पदाधिकारी बैठकले मुख्यतः पाँच वटा एजेन्डा तय गरेको हो ।
पछिल्लो समय माओवादीभित्र चर्किँदै गएको अन्तरविरोध कसरी हल हुन्छ भन्ने चासो चौतर्फी बढेका कारण पनि आजदेखि सुरु हुने स्थायी समिति बैठकलाई निकै चासोपूर्वक हेरिएको छ ।
पदाधिकारी बैठकले हेडक्वाटरको तर्फबाट अध्यक्ष पुष्पकमल दाहालले वर्तमान परिस्थितिबारेमा ब्रिफिङ गर्ने, मध्यपहाडी केन्द्रित अभियानलाई निरन्तरता दिनेबारे छलफल हुने, केन्द्रीय समितिको बैठकबारे मिति तय गर्ने गरी एजेन्डा बनाएको छ ।
यस्तै समाजवादी मोर्चालाई थप विस्तार गर्ने, सङ्गठन निर्माण, कार्य विभाजन र आन्तरिक एकतालाई सुदृढीकरण गर्ने, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप, संसद्मा विचाराधीन विधेयक, जनजीविका लगायत समसामयिक प्रस्ताव तयारसम्बन्धी एजेन्डा बनेको छ ।
प्रतिकृया दिनुहोस