• २०८२ श्रावण १७ शनिबार
  • Saturday, 2 August, 2025

प्रचण्ड विरोधीलाई 'उचाल्दै' माओवादी छोडेका बाबुराम 

काठमाडौं । नेकपा माओवादी केन्द्र उहिल्यै छोडेर आफूलाई कम्युनिष्ट भन्न पनि नचाहाने नेता डा. बाबुराम भट्टराई माओवादी केन्द्रको आन्तरिक राजनीतिमा भने निरन्तर टिप्पणी गरिरहन्छन् ।

अध्यक्ष प्रचण्डको विरुद्धमा बेला बेला सामाजिक सञ्जालमा लेखिरहने उनी सो पार्टी भित्र तरंग सृजना भएको मौका पारेर थप उकेरा लगाउने काम गरिरहेका छन् । 

अहिले माओवादी भित्र अध्यक्ष प्रचण्डको विरोधमा उपमहासचिव जनार्दन शर्माले फाएरा खोलिरहेका छन् । यही मौका पारेर डा. भट्टराईले सामाजिक सञ्जालमा प्रचण्डविरोधी लामो टिप्पणी लेखेका छन् । 

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष  केपी ओली र पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको फोटोसहित स्टाटस् लेख्दै भट्टराईले स्टालिनकै शैलीमा नेपालका कम्युनिस्ट माठाधीशहरूले आफ्ना आलोचक र विरोधी नेताहरूलाई राजनीतिक र साङ्गठनिक सफायाको बाटो समाउनु विडम्बना भएको बताए ।

‘अहिले नेपालका ‘कम्युनिस्ट’ मठाधीशहरूले पनि आफ्ना आलोचक र विरोधी नेताहरूलाई पालैपालो स्टालिनकै शैलीमा भौतिक सफाया नगरे पनि राजनीतिक र साङ्गठनिक सफाया गर्ने बाटो समाउनु इतिहासको ठुलो विडम्बना नभए के होला त ?’, उनले प्रश्न उठाएका छन्,


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर