• २०८२ श्रावण २१ बुधबार
  • Wednesday, 6 August, 2025

सशस्त्र प्रहरीका यी २२ एसपी बढुवा हुँदै 

काठमाडाैं । सशस्त्र प्रहरी बलका रिक्त २२ उपरीक्षक (एसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। सोमबार बेलुका बसेको बढुवा समितिको बैठकले साधारण समूहतर्फ २२ जना एसपीमा बढुवाका लागि सूची प्रकाशन गरेको हो।

यस्तै इन्जिनियरतर्फका डीएसपी मनोज बखुन्छे श्रेष्ठ पनि एसपीमा बढुवाका लागि सिफारिस भएका छन्। 

सोमबार बसेको बढुवा समितिको बैठकले ४८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) मा र ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी) मा पनि बढुवा गर्न सिफारिस गरेको छ। 

बढुवा सिफारिस हुनेमा ध्रुवबहादुर कार्की, जनक पुरी, यादव विश्वकर्मा, टोप बहादुर खनाल, अशोककुमार बम, वीरेन्द्रबहादुर ऐर, नरदीपकुमार बस्नेत, रामकृष्ण महर्जन, श्याम रावत, वसन्तबहादुर सिंह, श्यामकुमार कार्की, गेहेन्द्रबहादुर भण्डारी, लक्ष्मण थापा मगर, भीमबहादुर विष्ट, नवराज वोहरा, सुरेश गैरे, कृष्णबहादुर विष्ट, अम्विकाप्रसाद जोशी, अमर बहादुर खत्री, विशाल सिल्वाल, बासुदेव महत, भीमबहादुर चन्द, श्रीराम कुंवर, श्याममणि ढकाल, गोविन्दबहादुर खाती, यदुकुमार कार्की, देवबहादुर बोहरा, दिनेशकुमार बस्नेत छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर