• २०८२ श्रावण २३ शुक्रबार
  • Friday, 8 August, 2025

माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठ भेट्न हात्तीवन पुगे भुसाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालबीच भेटवार्ता भएको छ।

श्रेष्ठको हात्तीवनस्थित निवासमा करिब एक घण्टा चलेको उक्त भेटमा नेपालको वर्तमान राजनीतिक परिस्थिति र कम्युनिष्ट क्रान्तिकारी शक्तिहरूको कार्यभारबारे गम्भीर छलफल भएको सचिवालयले जनाएको छ।

भेटमा नेपालका विभिन्न राजनीतिक दलहरूको वर्तमान अवस्था र भूमिका, ओली नेतृत्वको सरकारका निरङ्कुश तथा भ्रष्ट गतिविधि, साथै कम्युनिष्ट आन्दोलनको रुपान्तरण र पुनर्गठनका विषयमा विचार–विमर्श भएको छ ।

यससँगै नेकपा (माओवादी केन्द्र) ले हालै पारित गरेको पार्टी एकताको प्रस्तावको बारेमा र पार्टी एकताको औचित्य र सम्भावनाबारे पनि दुवै नेताबीच विस्तृत कुराकानी भएको स्रोतले जनाएको छ।

यसअघि, श्रावण २१ गते, वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’बीच पनि भेटवार्ता भएको थियो । त्यस भेटवार्तामा पनि समसामयिक राजनीतिक परिस्थिति, कम्युनिष्ट आन्दोलनको दिशा र पार्टी एकताबारे छलफल भएको बुझिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर