• २०८२ श्रावण २३ शुक्रबार
  • Friday, 8 August, 2025

दुई महामन्त्री सरकारको विरोधमा उत्रिएपछि ‘मेरियट’ मा डिनर, बूढानीलकण्ठमा तीन घण्टा 

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वयसँग पार्टीको आन्तरिक विषयमा छलफल गरेका छन् ।

सभापति देउवा निवास बुढानीलकण्ठमा बसेको शीर्ष नेताहरूको बैठकमा पार्टीको आन्तरिक गतिविधिबारे छलफल भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

बैठकमा सहभागी पौडेलका अनुसार क्रियाशील सदस्यता विवाद, म्याद थपिएका भ्रातृ संस्थाको महाधिवेशन, पार्टीको १५ औँ महाधिवेशनलगायतको विषयमा छलफल भएको थियो । बैठक झण्डै तीन घण्टासम्म चलेको थियो ।

बैठकमा सरकारको समीक्षादेखि कुलिङ पिरियड छेडखानीमा छानबिन समितिले नैतिक जिम्मेवार ठहर्‍याएका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाबारे पनि सामान्य छलफल भएको बताइन्छ ।

कुलिङ पिरियड हटाउन उच्च पदका कर्मचारीहरूको इच्छा बमोजिम निजामती विधेयक पारित गर्ने बेलामा कुलिङ पिरिडडमा ‘बाहेक’ भन्ने शब्द घुसाएर चलखेल भएको थियो । त्यसपछि यसबारे अध्ययन गर्न संसदीय विशेष छानबिन समिति बनाइएको थियो ।

समितिले उनै खतिवडासहितलाई नैतिक जिम्मेवार ठहर गरेपछि कांग्रेसले आफ्ना जनप्रतिनिधिलाई यसमा सजक बनाउन निर्देशिका जारी गर्न लागेको हो । महामन्त्रीद्वय थापा र शर्मा सरकारसँग सन्तुष्ट छैनन् । हिजो साँझ गृहमन्त्री रमेश लेखकले दुई महामन्त्रीसँग होटेल ‘डिनर मिटिङ’ गरेका थिए । सो भेटको एजेण्डा भने हालसम्म खुलाइएको छैन । गृहमन्त्री लेखक निकट नेताहरुले यसलाई सामान्य डिनर मिटिङ मात्र भनेका छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर