• २०८२ श्रावण २३ शुक्रबार
  • Friday, 8 August, 2025

माधवकुमारले झलनाथलाई फेरि भनेः पार्टी छोडेर ओलीको सेवा गर्न जानु

काठमाडौं । नेकपा एकीकृत समाजवादी भित्रको कलह चर्किरहेका बेला अध्यक्ष माधवकुमार नेपालले नेता झलनाथ खनालविरुद्ध फेरि प्रहार गरेका छन् । 

अध्यक्ष नेपालले सम्मानित नेता खनाललाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सेवा गरेर बस्न सल्लाह दिए। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो सुझाव दिएका हुन्। 

उनले विद्रोह गरेर नयाँ पार्टी बनाउने अनि अहिले विद्रोह गरेको औचित्य छैन भन्ने कुरा गर्न पार्टीको अनुशासन विपरीत रहेको तर्क गरे। उनले विद्रोहको औचित्य छैन भने एमालेमा गएर अध्यक्ष ओलीको सेवा गर्न सल्लाह दिए। 

अध्यक्ष नेपालले भने, ‘पार्टीको हित र पक्षमा प्रचार प्रसार गर्नुपर्छ। पार्टीको प्रतिष्ठा बढाउनका लागि, पार्टी हितको रक्षा गर्न, पार्टीको अनुशासन पालना गर्नुपर्छ। विरूद्धमा होइन। मिडियामा जाने पार्टीको विरोध गर्ने, मिडियामा जाने विद्रोहको औचित्य छैन भन्ने। किन आउनुपर्‍यो? विद्रोह ठिक लागेन भने। केपी ओलीजीको सेवा गरेर बसे भइहाल्थ्यो नि। हामीले ठिक गरेका छौँ। दृढतताका साथ पहल गरेका छौँ। कसैले पार्टीको अनुशासन उल्लंघन गर्दछ, जथाभावी संविधान मिच्ने काम गर्दछ, संविधान मिचेर संसद भंग गर्दछ। भंग गरेको संसदलाई गफ गरेर पुनः स्थापना हुँदैन।’

उनले अगाडि भने, ‘त्यसलाई विधि र प्रक्रियाबाट पुनः स्थापना गर्न सकिन्छ। तर कस्ता पात्रहरू ज्याद्रा छन् भने दोस्रो पटक भंग गरे। फेरि हामी दोस्रो पटक लाग्नुपर्‍यो। त्यो गरेर गल्ती गरियो? विद्रोह गर्नु हुँदैन थियो। केपीजीको चाकरी गरेर त्यहाँ बस्नुपर्दथ्यो? कि के गर्नुपर्दथ्यो? ठिक गर्‍यौँ हामीले। संविधान जोगाउने मात्रै होइन, कम्युनिष्ट आन्दोलन बद्नाम गर्ने काम भइरहेको थियो। हामीले रहरले त्यो पार्टी छोडेको होइन।’

केही दिन अघि उनले विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै खनाललाइ पार्टी छाेडेर जान सुझाव दिएका थिए । त्यसकाे जवाफमा खनालले पत्रकारसम्मेलन नै गरेर पार्टी नछाेड्ने बताएका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर