युथ भिजन २०३५ को तयारी शुरु भयाे: उपाध्यक्ष बस्नेत

काठमाडौं । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युथ भिजन २०३५ को तयारी अघि बढ्न थालेको जानकारी दिएका छन्। बस्नेतले युथ भिजन २०२५ को समयावधि सकिन लागेकाले २०३५ को तयारी शुरु भएको जनाएका छन्।
आइतवार अन्तर्राष्ट्रिय युवम दिवस २०२५ को सन्दर्भमा युथ एड्भोकेसी नेपालद्वारा आयोजित राष्ट्रिय युवा महाभेलालाई सम्वोधन गर्दै बस्नेतले सो जानकारी दिएका हुन्। बस्नेतले युवाहरुका वदलिएका चाहना, आकांक्षा र समस्याको सम्वोधन गर्नेगरी नयां युथ भिजन ल्याइने वताए।
बस्नेतले भने-' युवाहरुलाई नीति निर्माण तहदेखि कार्यान्वयन तहसम्म सहभागी नगराई युवाको सशक्तिकरण हुन सक्दैन।' सवै सरोकारवालासंगको ब्यापक छलफल र अन्तर्क्रियापछि मात्र नयां युथ भिजन अघि वढाइने बस्नेतले जनाए।
संविधानसभा सदस्य कमला विकले महिला सशक्तिकरण र युवा सशक्तिकरणलाई संगसंगै अगाडि वढउनुपर्ने वताइन्। नेपाल गैरसरकारी संस्था महासंघकी महासचिव देवी खड्काले युवाहरुलाई वर्तमानका साझेदार वनाउनुपर्ने वताइन्।
कार्यक्रममा ग्लोवल पिस फाउण्डेसनका दक्षिण एसियाली निर्देशक राम रोहन पन्त, युथ एड्भोकेसी नेपालका सल्लाहकार नरेन खतिवडा लगायतले युवा सशक्तपकरणका विविध पक्षमा चर्चा गरेका थिए। युथ एड्भोकेसी नेपालले अन्तर्राष्ट्रिय युवा दिवसका सन्दर्भमा विभिन्न कार्यक्रमको आयोजना गरएको अध्यक्ष गणेश धामीले जानकारी दिए।
प्रतिकृया दिनुहोस