• २०८२ श्रावण २६ सोमबार
  • Monday, 11 August, 2025

रवि लामिछानेको निवेदन न्यायाधीश सापकोटाको इजलासमा

रुपन्देही । रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बैंक जमानतसम्बन्धी जिल्ला अदालतमा दिएको निवेदनमा आज सुनुवाइ हुँदैछ ।

लामिछानेले आफूलाई रिहा गर्न माग गर्दै रुपन्देही अदालतमा दिएको निवेदनमाथि सुनुवाइका लागि न्यायाधीश नारायण सापकोटाको इजलासमा पेसी तोकिएको छ।

बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले चैत २२ गते थुनामा पठाउने आदेश दिएपछि उनी २५ चैतदेखि पुर्पक्षका लागि भैरहवा कारागारमा छन् ।

त्यसअघि रुपन्देही जिल्ला अदालतबाट १ करोड धरौटीमा छुटेका थिए । लामिछानेले आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा यही साउन १९ गते निवेदन दिएका थिए ।

उनले निवेदनमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम बैंक जमानत लिई यही ऐनको दफा ७१ बमोजिम थुनामुक्त गर्न आदेश माग गरेका छन् ।

६८ मा अभियुक्तसँग धरौटी वा बैंक जमानत लिएर रिहा गर्न सक्ने व्यवस्था छ । दफा ७१ मा कारबाहीको जुनसुकै अवस्थामा पनि थुनामा वा जमानतमा राख्न सकिने भन्ने व्यवस्था छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर