• २०८२ श्रावण २९ बिहीबार
  • Thursday, 14 August, 2025

घर झगडाः रेशमका बुवाले पाएनन् मान्यता, श्रीमती रञ्जिता नै अध्यक्ष कायम

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रञ्जिता श्रेष्ठ चौधरी नै कायम भएकी छन् । रञ्जिता श्रेष्ठलाई हटाउँदै नाउपाको एक समूहले राष्ट्रिय भेलामार्फत लालवीर चौधरीलाई अध्यक्ष तोकेको थियो ।

अध्यक्षमा दाबी गर्दै लालवीर चौधरीले अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । राजनैतिक दलसम्बन्धी ऐन र नाउपाको विधान अनुसार राष्ट्रिय भेला वैधानिक नभएको र रञ्जिता नै अध्यक्ष भएको आयोगले हिजो राति निर्णय गरेको आयोग स्रोतले जानकारी दिएको छ ।

निर्णय गर्नुभन्दा पहिले लालवीर र रञ्जितालाई आयोगले पत्र काटेको थियो । दुवैले आफू अध्यक्ष भएको दाबी गर्दै आयोगलाई जवाफ दिएका थिए । उनीहरूको जवाफ, ऐन, कानुन र विधानको आधारमा रहेर रञ्जितलाई नै अध्यक्ष कायम गरिएको आयोगले जनाएको छ ।

पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि नाउपाले रञ्जितालाई स्पष्टिकरण मागेको थियो । उनले आरोपका विषयमा स्पष्टिकरण नदिएपछि एक भेलाले पार्टीको साधारण सदस्य समेत नरहने गरी अध्यक्षबाट बर्खास्त गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर