• २०८२ श्रावण २९ बिहीबार
  • Thursday, 14 August, 2025

प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन् ।

हालै भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तुर्कमेनिस्तानमा सम्पन्न तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिएर फर्किएका प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा त्यसबारे जानकारी गराउने र अन्य समसामयिक विषयमा सम्बोधन गर्ने कार्यसूची तय भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।

ओली तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा त्यहाँ पुगेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर