नेकपा एसमा भयो यी नेताको बढुवा

काठमाडौं । नेकपा एकीकृत समाजवादीमा वामदेव गौतम तेस्रो वरियताको वरिष्ठ नेता बनेका छन् । पार्टीका उपमहासचिव एवम् प्रवक्ता प्रकाश ज्वालाका अनुसार शुक्रबार बसेको पार्टी सचिवालयको बैठकले गौतमलाई तेस्रो वरियतासहित १२ जना नेता केन्द्रीय कमिटीमा मनोनीत गर्ने निर्णय गरेको छ ।
एकता राष्ट्रिय अभियानबाट एकीकृत समाजवादीमा मिसिएका डिबी कार्कीलाई पोलिटब्युरो सदस्य बनाइएको छ । त्यस्तै, वामदेव पत्नी तुलसी थापा पोलिटब्युरो सदस्य, लोकनाथ धमला पनि पोलिटब्युरो सदस्य बनेका छन् ।
भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भण्डारी, रविन्द्र बम, तोफा यादव, विद्याप्रसाद शर्मा, रामप्रसाद अधिकारी, मोहम्दशेर बागवान केन्द्रीय सदस्य बनेका छन् । एकीकृत समाजवादीको सचिवालय बैठक अहिले पनि जारी छ ।
प्रतिकृया दिनुहोस