• २०८२ भदौ २ सोमबार
  • Monday, 18 August, 2025

सन्चो भएर मैदान फर्किएका मेसीले गरे एक गोल र एक असिस्ट

काठमाडौं । अमेरिकन मेजर लिग सकरमा विश्व नम्बर वान फुटबलर लियोनल मेसीको सुखद कमब्याक भएको छ ।

इन्जुरीका कारण केही खेल गुमाएर इन्टर मायामीका कप्तान लियोनल मेसी आज मैदान फर्किएका हुन् ।

उनको मैदान फर्काइ सुखद मात्रै भएन मैदानमा दोस्रो हाफमा मात्रै छिरेका उनले एक आकर्षक गोल र एक असिस्ट निकाले । 

फलस्वरुप मायामीले एलए ग्यालेक्सी विरुद्ध ३–१ गोलको जित निकालेको हो । मायामीका लागि जोर्डी अल्वाले ४३ र लुइस स्वारेजले ८९औं मिनेटमा गोल गरेका थिए । 

यो जितसँगै मायामी २४ खेलबाट ४५ अंकसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । मायामी भन्दा ३ खेल बढी खेलेको ५१ आंकसहित शीर्ष स्थानमा छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर