• २०८२ भदौ २ सोमबार
  • Monday, 18 August, 2025

बिहानै प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेः हामी विपिनको साथमा छौं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हमासले बन्धक बनाएका विपिन जोशीको साथमा सरकार रहेको बताएका छन्। हाल विपिनका आमा पद्मा र बहिनी पुष्पा उनलाई खोज्दै इसराइल नै पुगेका छन्।

विपिन जोशीका आमा र बहिनीले इजरायलका राष्ट्रपति इसाक हरजोग र संसद् अध्यक्ष अमिर ओहानसँग भेट गर्दै उनको रिहाइका लागि अनुरोध गरेका छन्।

यही सन्दर्भमा आज बिहानै फेसबुकमा लेख्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हमास समूहले बन्धक बनाएका विपिन जोशीको शीघ्र रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी रहेको बताएका हुन्।

‘इसराइलस्थित हाम्रो दूतावासको समन्वयमा विपिनकी आमा पद्मा र बहिनी पुष्पाले राष्ट्रपति इसहाक हर्गोग र संसद अध्यक्ष अमिर ओहानासँग भेटेर बिपिनको रिहाइको लागि पहल गर्न आग्रह गर्नु भएको छ। यसअघि मध्यपूर्वको शान्तिका लागि पहल  गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग गत चैत ७ गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग गत फागुन २८ गते मैले यस विषयमा ध्यानाकर्षण गर्दै फोन संवाद गरेको थिएँ। सरकार विपिनको सुरक्षालाई प्राथमिकता दिँदै हर सम्भव पहलमा जुटिरहेको छ,’ उनले भनेका छन्।

विपिनको  सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावासमार्फत् निरन्तर संवाद गरिरहेको पनि प्रधानमन्त्री ओलीले बताएका छन्।

‘इसराइलमा सहयोग गरिरहेका नेपाली र स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी र सामाजिक अभियन्ता सबैप्रति विशेष धन्यवाद१ विपिनका परिवारको साथमा सरकार छ,’ प्रधानमन्त्रीको भनाइ छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर