• २०८२ भदौ २ सोमबार
  • Monday, 18 August, 2025

पहिलो जितको खोजिमा मेलवर्न स्टार्स एकेडेमीविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं । टप इन्ड टी–२० सिरिजमा लगातार दुइ हार खाएको नेपाल आज पहिलो जितको खोजिमा छ ।  नेपालले आज मेलवर्न स्टार्स एकेडेमीविरुद्ध खेल्दै छ ।  

खेल अस्ट्रेलियाको डार्विनस्थित टीआइओ स्टेडियममा हुनेछ। नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको छ ।

नेपाली टोली सिरिजमा पहिलो जितको खोजीमा मैदान उत्रनेछ। सिरिजका अघिल्ला दुई खेलमा लगातार हार व्यहोरेको नेपाल पहिलो जितको स्वाद लिन चाहन्छ। 

सिरिजको पहिलो खेलमा नेपाल एनटीएससँग ४२ रनले पराजित भएको थियो। दोस्रो खेलमा भने बंगलादेश ए टोलीसँग ३२ रनले हार भोगेको थियो। 

लगातार दुई खेलमा हार भोगेको नेपाल अंकविहिन रुपमा तालिकाको १० औँ स्थानमा छ। 

उता घरेलु टोली मेलवर्न स्टार्स भने सिरिजमा दोस्रो जितको खोजीमा मैदान उत्रनेछ। एक खेलमा जित र एक खेलमा हार भोगेको मेलवर्न २ अंकमा तालिकाको छैटौँ स्थानमा छ। 

नेपालले मंगलबार होवर्ट हुरिकेन्स एकेडेमीविरुद्ध खेल्ने तालिका छ। 

नेपालले सिरिजमा ६ खेल खेल्नेछ। नेपालले जारी सिरिजलाई टी २० विश्वकपको तयारीका रुपमा लिएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर