• २०८२ भदौ ६ शुक्रबार
  • Friday, 22 August, 2025

प्रचण्डको निर्देशन: जनतासँग जाेडिएर प्रतिक्रान्तिकारीलाई पराजित गर्न लाग्नु

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिक्रान्तिकारीहरुलाई पराजित गर्न कुनै कसर बाँकी नराख्न निर्देशन दिनु भएको छ ।

पार्टीको कर्णाली प्रदेश बैठकलाई सम्बोधन गर्दै प्रचण्डले प्रतिक्रान्तिकारीलाई पराजित गर्न कुनै कसर बाँकी नराखेर काम गर्न निर्देशन दिनु भएको हो । 

बैठकलाई भर्चुअल सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले जनतासँग प्रत्यक्ष जोडिएर काम गर्न निर्देशन दिनुभयो । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, 'नेता कार्यकर्ताहरु सबैजना जनतासँग जोडिएर काममा लाग्नुपर्छ । प्रतिक्रान्तिकारीलाई पराजित गर्न कुनै कसर बाँकी नराखेर काम गर्नुस् ।' 

जनतासँग माओवादी अभियानलाई पार्टीका सबै तहबाट सफल पार्नका लागि अध्यक्ष प्रचण्डले नेता कार्यकर्तालाई निर्देशन दिनु भएको छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर