• २०८२ भदौ १३ शुक्रबार
  • Friday, 29 August, 2025

एमालेमा विद्यालाई अध्यक्ष बनाउने कुरा ओलीसँगै भएको थियो– प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सल्लाहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएको दाबी गरेका छन्। 

बिहीबार बिहान  विराटनगर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भण्डारीको पार्टी सदस्यता नवीकरणदेखि चीन भ्रमणसम्म सबै ओलीकै सल्लाहमा भएको जिकिर गरेका हुन्। 

‘भण्डारीजी सक्रिय राजनीतिमा आउन चाहनुभएको कुरा स्पष्ट छ। सदस्यता नवीकरणदेखि चीन भ्रमणसम्म सबै ओलीजीकै सल्लाहमा भएको हो, उनले भने,  अध्यक्ष बनाउने कुरा पनि पहिले उनीहरूबीच भएको थियो। तर चीन भ्रमणपछि के भयो, त्यो मलाई थाहा छैन।’

प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा फर्कनु संविधानको औचित्य समाप्त भएको नहुने स्पष्ट पारे । उनले अन्तर्राष्ट्रिय उदाहरण दिँदै विश्वका विभिन्न मुलुकमा राष्ट्रपति, प्रधानमन्त्री र मेयरजस्ता पदमा रहेका व्यक्तिहरू पुनः सक्रिय राजनीतिमा फर्कने गरेको बताए । ‘संविधानले, ऐनले, कानुनले कसैले पनि राष्ट्रपतिलाई सक्रिय राजनीतिमा नआउनु भनेको पनि छैन,’उनले भने, कुनै पार्टी राजनीतिमा नआउनु भनेको पनि छैन। त्यसकारण यो खाली उत् तर्क मात्रै हो।’

उनले राष्ट्रपति वा उपराष्ट्रपति पार्टीले निर्णय गरेर पठाउने भएकाले उनीहरूको कार्यकाल सकिएपछि फिर्ता लिन कुनै समस्या नहुने बताए । यस सन्दर्भमा, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण केपी ओलीकै सहमतिमा भएको र सक्रिय राजनीतिमा फर्कन चाहेको कुरा अब छर्लङ्ग भएको उनले उल्लेख गरे ।

चीन भ्रमणपछि विद्या भण्डारीलाई अध्यक्ष बनाउने कुरा पनि पहिले चलेको तर पछि के भयो भन्ने आफूलाई थाहा नभएको प्रचण्डको भनाइ थियो। उनले विद्या भण्डारीको ‘प्लान बी’भन्ने कुरा हल्ला मात्र भएको र आफू र भण्डारीबिच अहिले कुनै सम्पर्क नरहेको बताए। आफ्नो पार्टीले उपराष्ट्रपति नन्दकिशोर पुनलाई पार्टीमा फर्काएपछि पूर्वराष्ट्रपति भण्डारीलाई पनि राजनीतिमा आउन ढोका खोलिदिएको दाबी गरे ।

प्रचण्डले कालापानी, लिपुलेक, लिम्पियाधुराजस्ता सीमा समस्या समाधानका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिबद्धता जनाएको खुलासा गरे । आफू प्रधानमन्त्री हुँदा भारत भ्रमणमा जाँदा सीमा समस्या समाधान नगरिकन छिमेकीसँगको सम्बन्ध सुमधुर हुन नसक्ने कुरा प्रष्ट रूपमा राखेको बताए ।

उनले भने, ‘पछिल्लो पटक प्रधानमन्त्रीको रूपमा भारत जाँदा भारतीय प्रधानमन्त्री मोदीजी र मैले प्रेस ब्रिफिङ्गमा सिमानाको विषय चर्चा भएको र प्रधानमन्त्री मोदीजीले पनि अब यो सिमानाको समस्या जो बाँकी छ, त्यसलाई संवादद्वारा हल गरिन्छ भनेर प्रतिबद्धता व्यक्त गरेको पहिलो पटक हो।’ उनले वर्तमान सरकारले पनि संवादको प्रक्रिया थालेर सीमा समस्या हल गर्नुपर्नेमा जोड दिए ।

प्रचण्डले पार्टीभित्र रहेका स्वार्थ समूहहरूलाई विघटन गर्ने केन्द्रीय समितिको निर्णयबारे पनि प्रकाश पारे । उनका अनुसार, स्वार्थ समूह भनेको पार्टीको स्वार्थ, लाइन, विधि, पद्धति र लिडरसिपभन्दा बाहिर सार्वजनिक वा आन्तरिक रूपमा पनि स्वार्थमा केन्द्रित भएर गरिने मिटिङहरू हुन्।

जनार्दन शर्मा ुप्रभाकरबारे सोधिएको प्रश्नमा उनले एकजनाले नपत्याउँदैमा पार्टी आन्दोलन र इतिहास नरोकिने बताए । ‘अब यो कुरा हाम्रो स्थायी समितिको बैठकले प्रष्ट पारेको छ,ू प्रचण्डले भने, ूहामी आउने पदाधिकारीको बैठकमा यो विषयमा उहाँले के भनेको त्यो बारे पनि हामी फेरि समीक्षा गर्छौ।

अध्यक्ष प्रचण्डले समाजवादी मोर्चा र अन्यसँग पार्टी एकताको सम्भावना रहेको बताए । उनले यसका लागि वार्ता संवाद चलिरहेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर