• २०८२ भदौ १६ सोमबार
  • Monday, 1 September, 2025

ओलीले साथ दिएको चीनको सुरक्षा अवधारणामा कांग्रेसको विरोध

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेस र एमालेबीच चीनकाे सुरक्षा अवधारणालाई हेर्ने विषयमा फरक मत देखिएकाे छ । 

प्रधानमन्त्री केपी ओलीद्वारा चिनियाँ नेतृत्वलाई ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जिएसआई)मा दिएको समर्थनलाई कांग्रेसले फरक मत सार्वजनिक गरेकाे हाे ।

कांग्रेस प्रवक्ता एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले चीनले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जिएसआई)लाई समर्थन गर्न नसकिने टिप्पणी गरेका छन् ।  

शनिबार कांग्रेस उपसभापतिसमेत रहेका सांसद एवं पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्कालाई साक्षी राखेर प्रधानमन्त्री केपी ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग चीनको तियान्जिनमा भएको वार्तामा जिएसआईमा नेपालको समर्थन रहेको बताएका थिए । 

नेपालले कुनै पनि देशको सैन्य एवं सुरक्षा अवधारणा वा प्रस्तावलाई समर्थन गर्न वा त्यसमा सामेल हुन नसक्ने र नेपालले जसरी अमेरिकाको हिन्द प्रशान्त रणनीतिलाई समर्थन गरेन, त्यसैगरी चीनको जिएसआईलाई पनि समर्थन गर्न नसक्ने कांग्रेसका ठहर छ । 

चिनियाँ राष्ट्रपतिले राखेका ३ विषयः
एक, हामी नेपाललाई भूपरिवेष्ठितबाट ल्यान्ड लिङ्क्ड अर्थात् जमिनको माध्यमबाट ठूला बजारमा आबद्ध हुने देशको रुपमा विकास भएको हेर्न चाहान्छौँ। 

दुई, उनले व्यापारिक नाकाहरू खोलेर सुचारु गराउने कुरामा थप प्रतिबद्धता गरेका छन्। अहिलेको अवरोध हटाउन चीन तयार नै छ भन्ने कुरा द्विपक्षीय भेटवार्तामा राखेका छन्। 

तीन, चीनमा नेपालको तर्फबाट अलि ठूलो मात्रामा निर्यात बढाउनका लागि गुणस्तरीय कृषियोग्य वस्तुको कुरा चिनियाँ राष्ट्रपतिले गरेका छन्। नेपालमा औधोगिक विकास गर्नको लागि चीनको सहयोग रहने उनले स्पष्ट पारेका छन्।

खासगरी अहिलेको एआई प्रविधि र सूचना प्रविधिमा चीनले सहयोग गर्छ भन्ने विश्वास दिलाएका छन्। र, आबद्धताका धेरै विषयमा चीनको सहयोग रहने आफ्नो भनाइ राखेका छन्। 

साथै, सी चिनफिङले नेपाल र चीनबीचको आर्थिक सम्बन्धलाई संस्थागत गर्न संयन्त्र नै बनाएर जानुपर्ने मत राखेका थिए। ‘नेपाल र चीनबीचको आर्थिक सम्बन्धलाई संस्थागतरुपमा अगाडि बढाउनलाई संयन्त्र बनाएर अघि बढ्नुपर्ने भन्नुभएको छ,’ खतिवडाले भने।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर