• २०८२ भदौ २३ सोमबार
  • Monday, 8 September, 2025

जेन–जीको आन्दोलनमा माओवादी अध्यक्ष प्रचण्डको समर्थन, दमन नगर्न सरकारलाई आग्रह

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले जेन जी पुस्ताले भोलि गर्न लागेको आन्दोलनमा समर्थन जनाएका छन् । उनले सरकारको भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाएको प्रतिवन्ध विरुद्ध युवाहरुले गर्न लागेको कार्यक्रममा दमन नगर्नसमेत सरकारलाई आग्रह गरेका छन् । 

अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमाथि गरिएको अबरोधलाई जनताको अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भन्दै कडा आपत्ति जनाए। उनले युवाहरूले भ्रष्टाचार र सामाजिक सञ्जाल अबरोधविरुद्ध गर्न लागेको प्रदर्शन स्वाभाविक भएको बताए।

“सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस्। भ्रष्टाचारका विरुद्ध हाम्रो आन्दोलन निरन्तर जारी छ,” प्रचण्डले सामाजिक सञ्जालमार्फत स्पष्ट पार्नुभएको छ।

प्रचण्डले भ्रष्टाचारविरुद्ध जनतासँग मिलेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै आन्दोलनलाई अझ प्रभावकारी बनाइने बताए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर