सरकारी कदमकाे विराेधमा नेपालको इतिहासमै पहिलो पटक आज जेन–जी पुस्ता सडकमा उत्रँदै

काठमाडौं । नेपालको राजनीतिक इतिहासमै पहिलो पटक नेपालको जेन जी पुस्ता सचेततापूर्वक सडकमा उत्रन लागेको छ ।
सरकार र सरकारी निकायहरुमा व्यप्त चरम भ्रष्टाचार र सरकारले गरेको सामाजिक सञ्जाल माथिको प्रतिबन्ध विरुद्ध जेनजी पुस्ता सडकै उत्रन लागेको हो ।
सामाजिक सञ्जाल हालको जेनजी पुस्ताको जीवनशैली जस्तै भइसकेको छ भने देशमा लामो समयदेखि भ्रष्टाचार व्यप्त छ ।
यो सरकारका पालामा भ्रष्टाचार बढ्नुका साथै संस्थागत भएको छ ।
त्यसको विरोधमा जेनजी पुस्ताले आज विहान ९ बजेदेखि काठमाडौं माइतिघरमा प्रदर्शन गर्न लागेको हो ।
जेनजी पुस्ता (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) ले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति पनि लिइसकेका छन्।
जेनजी पुस्ताले आन्दोलन गर्ने भनेर केही दिनदेखि सामाजिक सञ्जालमार्फत आह्वान गर्दै आएका छन्।
प्रदर्शनको व्यवस्थापन गर्न आइतबार केही युवाहरू माइतीघरमै बसेर छलफल गरेका थिए।
छलफलपछि माइतीघरमा सोमबार बिहान ९ बजेतिर भेला हुने र ११ बजेतिर मार्चपास गरी बानेश्वरसम्म पुग्ने कार्यक्रम तय भएको छ।
प्रदर्शनको क्रममा भाषण नगरिने, नाचगान, लगायत कार्यक्रम गर्ने योजना रहेको उनले बताए।
माअेावादी अध्यक्ष प्रचण्ड, रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, कुलमान घिसिङ, दुर्गा प्रसाइंलगायत सेलिब्रेटीहरूले यस कार्यक्रममा आफ्नो समर्थन रहे पनि आफू उपस्थित नहुने बताएका छन्।
प्रतिकृया दिनुहोस