• २०८२ भदौ २४ मंगलबार
  • Tuesday, 9 September, 2025

संसद भवनभित्र प्रवेश गर्ने जेनजीको प्रयास, बानेश्वर क्षेत्रमा कर्फ्यू

संसद भवन भित्रै छिरे जेनजीः प्रहरीले हान्याे अश्रुग्यास, बानेश्वर क्षेत्रमा कर्फ्यू

काठमाडाैं । निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ अघि बढेको जेनजी आन्दोलनलाई रोक्न जिल्ला प्रशासन कार्यालयले बानेश्वर क्षेत्रमा कर्फ्यू जारी गरेको छ। 

प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

संघीय संसद भवनको ३ नं गेटबाट भित्र छिर्न खोजिरहेका आन्दोलनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

भ्रष्टाचार तथा कुशासनविरुद्ध आन्दोलनरत नयाँ पुस्ताका युवाहरूले नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोडेर अघि बढेका हुन् ।

भ्रष्ट्राचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा आन्दोलनमा उत्रिएका जेन-जी पुस्ताको प्रदर्शनका क्रममा अवस्था तनावग्रस्त बनेपछि कर्फ्यू जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए।

उनका अनुसार माइतीघर, बानेश्वर, तीनकुने र शंखमुल आसपासमा राति १० बजेसम्मका लागि कर्फ्यू जारी गरिएको हो।

प्रदर्शनमा उत्रिएका जेनजी संसद् भवनभित्र छिरेपछि बानेश्वरको अवस्था तनावग्रस्त बनेको छ । 

तीनकुने र माइतीघरतर्फबाट आएका प्रदर्शनकारी बानेश्वरमा भेला भएपछि प्रहरी बीचमा परेको थियो । केही प्रदर्शनकारी ब्यारिकेड तोडेर संसद् भवन परिसरभित्र छिरेका छन् । प्रहरीले संसद् भवनको दक्षिणी गेटतिर अश्रुग्यास प्रहार गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर