सर्वोच्च अदालत प्रशासन पनि सरकारकै लयमा, सामाजिक सञ्जाल प्रतिवन्ध विरुद्धको रिट दरपीठ

काठमाडौं । सर्वोच्च अदालत प्रशासनले सामाजिक सञ्जाल प्रतिवन्ध विरुद्धका रिटहरु दरपीठ गरेर सरकारकै भाकामा लय मिलाएको छ ।
सरकारले सामाजिक सञ्जालसम्बन्धी प्लेटफर्म निष्क्रिय बनाउने निर्णयविरुद्ध परेका रिट सर्वाेच्च अदालतले दरपीठ गरेको छ। १० वटा रिट पेस भएकामा सबै रिट दरपीठ गर्ने निर्णय भएको सर्वाेच्च प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए।
सिधाकुराडटकमविरुद्धको मुद्दामा यसअघि भएको आदेशलाई टेकेर सर्वाेच्चका रजिस्ट्रारले रिटहरू दरपीठ गरिदिएका हुन्।
दरपीठको निर्णयविरुद्ध कानुन व्यवसायीहरू अर्काे निवेदन लिएर सर्वाेच्च जाने तयारीमा छन्।
सर्वाेच्चले कानुन बनाएर सामाजिक सञ्जालहरू नियमन गर्न भनेपनि सरकारले विराेधका स्वर दबाउन सिधै सामाजिक सञ्जालहरू बन्द गरिदिएकाे छ ।
प्रतिकृया दिनुहोस