भ्रष्टाचार र समाजिक सञ्जाल बन्दविरुद्ध काठमाडाैंसहित देशभरका ठूला सडकमा जेनजी सडकमा (भिडियाे)

काठमाडौं । काठमाडौंसहित देशका ठूला शहरमा जेनजी (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) पुस्ताले आन्दोलन गरेका छन्।
काठमाडाैंमा सोमबार बिहान ९ बजेदेखि सुरू भएको आन्दोलन अहिले बानेश्वरतर्फ निषेधि क्षेत्रसम्म पुगेकाे छ ।
माइतीघरमा उनीहरूले 'गाउँ-गाउँबाट उठ बस्ति-बस्तिबाट उठ', 'जाग लम्क चम्क है नौजवान हो', 'यो नेपाली शीर उचाली' जस्ता देशप्रेमले ओतप्रोत भएका गीतहरू बजाएर सँगसँगै गाएका थिए।
सँगै 'वी आर द मुभमेन्ट, वी फर दि मुभमेन्ट' जस्ता नाराहरू लगाएका छन्।
सरकारले सामाजिक सञ्जाल बन्द गरेको र भ्रष्टाचारको विषयलाई उनीहरूले प्रदर्शनको मुख्य एजेन्डा बनाएका छन्।
विराटनगर, बुटवल, दाङ, पोखरा लगायतमा पनि भ्रष्टाचार र बेथितीविरुद्ध स्वतःस्फुर्त आन्दोलनमा उत्रिएका जेनजीहरूले प्रदर्शन गरेका छन् ।
पोखरा सभागृह अगाडि उनीहरूले ले भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरूद्ध प्रदर्शन गरेका हुन्। उनीहरूले भ्रष्टाचार विरोधी विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरिरहेका छन् ।
युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध चर्का नाराबाजी पनि गरेका छन्।
‘मान्छे बेच्न पाइँदैन, भ्रष्टाचार मुर्दावाद, केपी ओली मुर्दावाद’ नारा लगाएका हुन्।
सामाजिक सञ्जाल बन्द हुँदा धेरैको व्यवसाय ठप्प हुनुका साथै रोजिरोटी गुमेको युवाहरूको भनाई छ ।
प्रतिकृया दिनुहोस