त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालिन बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार एक सूचना जारी गरी विमानस्थल बन्दबारे जानकारी दिएको हो।

उपत्यकामा जारी भएको निषेधाज्ञा, कर्फ्यु आदेश, उपत्यकाभित्रको विषम परिस्थितिलगायत विमानस्थलवरपर उडान मार्गमा देखिएको धूवाँका कारण सुरक्षालाई ध्यान दिँदै विमानस्थल बन्द गरिएको सूचनामा उल्लेख छ ।

विमानस्थल खुलेको सूचना नआएसम्म विमानस्थलमा नआउन पनि कार्यालयले आग्रह गरेको छ।

‘विमानस्थल खुलेको सूचना पाएपश्चात् सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरी मात्र विमानस्थलमा आउनुहुन सबै यात्रुमा अनुरोध गर्दछौँ’, सूचनामा भनिएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर