• २०८२ भदौ २८ शनिबार
  • Saturday, 13 September, 2025

राष्ट्रपति पनि हटाएर सैनिक शासन लगाउन दुर्गा प्रसाईंको माग

काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले देशमा पूर्ण रुपमा सैनिक शासन लगाउनु पर्ने धारणा राखेका छन् । देशमा राजतन्त्र फर्काउने अभियानमा लागेका उनी अब सैनिक शासन लगाउनुपर्ने पक्षमा उभिएका हुन् । 

राष्ट्रपति र संविधान दुवै निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा गर्नुपर्ने उनको प्रस्ताव छ। यही संविधान जिवित राखेर जेनजी आन्दोलनको औचित्य नरहने प्रसाईंले दावी गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘संविधान यही ? संसद यही ? राष्ट्रपति यही ? व्यवस्था यही ? यदि सबै यही हो भने आन्दोलन किन गरियो ? ती कलिला बच्चाको हत्या किन भयो ? ५० खर्वभन्दा बढीको राज्य सम्पत्तिको नाश किन भयो ? जेन–जीका परिवारको आँसु र रगतको हिसाब कसले गर्ने ?’

उनी भन्छन्, ‘राष्ट्रपति र संविधान दुवैलाई निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा गर्न सक्नुपर्छ । नत्र हाम्रा पुर्खा र अबोध बालबालिकाको बलिदान रगतले हामीलाई पोल्नेछ । हाम्रो पुस्ता सरापिनेछ, र अन्ततः हामीलाई यो देशमै बसाइ नहुने दिन आउन सक्छ ।’

प्रसाईंले हिजो दिनभर प्रधानसेनापति अशोकराज सिग्देलसँग जंगी अड्डामा वार्ता गरे्का थिए । प्रसाइकाे पनि अन्तरिम सरकारकाे नेतृत्वमा दावी थियाे । तर जेनजी पुस्ताले उनलाइ समाज भंडुवा भन्दै अस्वीकार गरिसकेकाे छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर