जेनजी आन्दोलनका पीडितबाट घेरिए सुदन गुरुङ (भिडियो)

काठमाडौं । जेनजी आन्दोलनका एक अगुवा भनिएका सुदन गुरुङ पीडितहरुबाट घेरिएका छन् । रिपोटर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा पीडितहरुले गुरुङमाथि प्रश्नहरुको बाढी नै लगाए ।
पहिला आन्दोलनमा स्वयंसेवक भनेर आएको र अहिले कसरी संयोजक भएको ? पीडितहरुलाई राहतमा किन ढिला गरेको लगायतका दर्जनैं पश्न र होहल्लाले उनी घेरिएका थिए ।
त्यसपछि उनी आफ्नो मन्तव्य नै नसकिकन निस्किएका छन् । जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेका परिवारहरुले जेनजी आन्दोलनमा आफूहरुले योगदान दिएको तर अहिले अलपत्र परेको विचार राखेका थिए ।
गुरुङको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै केही पत्रकार र अभियन्ताहरु खनिएपछि झण्डै हात हालाहालको स्थिति उत्पन्न भयो ।
प्रतिकृया दिनुहोस